फ्रान्समा लडाकुको आक्रमणमा एक प्रहरीको मृत्यु, दुई घाइते

फ्रान्स, वैशाख ८ । फ्रान्सको राजधानी पेरिसमा इस्लामिक स्टेट (आइएस) का लडाकुले गरेको आक्रमणमा एक प्रहरीको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

कारमा चढेर आएका आक्रमणकारीले प्रहरीको बसमा अन्धाधुन्द गोली चलाएको त्यहाँका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

प्रहरीको जवाफी फायरिङमा आक्रमणकारी पनि मारिएको प्रहरीले जनाएको छ । फ्रान्समा राष्ट्रपति फ्रान्स्वाँ होल्याण्डले आक्रमण भएको भन्ने बारे विश्वास नै गर्न नसकिने बताएको छ।

यो कुनै आतंकवादसँगै जोडिएको घटना भएको उनको भनाई छ ।

पेरिसमा आक्रमण आफूले गराएको विद्रोही समूह आइएसले दाबी गरेको छ । फ्रान्समा चुनाव नजिकिँदै गर्दा भएको आक्रमणले सुरक्षा चिन्ता बढाएको छ ।

सन् २०१५ यता भएको छुट्टा छुट्टै आक्रमणमा फ्रान्समा २ सय ३८ जनाको ज्यान गएको छ । धेरैजसो आक्रमण आइएसले गरेको दाबी गरेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: