प्रधानमन्त्री प्रचण्डका ज्वाँ‍ई नेपाली कांग्रेसको उम्मेदवार

चितवन, बैसाख ८ । प्रधानमन्त्री प्रचण्डका ज्वाँई भत्तिराम अधिकारी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका छन् । भरतपुर महानगरपालिकाको वडा नम्बर १० बाट प्रचण्डका ज्वाँई अधिकारीलाई नेपाली कांग्रेसले वडा अध्यक्षको उम्मेदवार बनाउने घोषणा गरेको हो ।

प्रधानमन्त्री प्रचण्डका साईली बहिनीसंग भक्तिराम अधिकारीको विवाह भएको हो ।

अधिकारी बाल्यकाल देखिनै नेपाल विद्यार्थी संघको राजनीति गर्दै आएका थिए । उनी भरतपुरमा धेरै संस्थासंग आबद्ध भएर राजनीतिमा सकृृय भएर लागेका छन् ।

प्रचण्ड परिवारमा फरक राजनीतिक दलमा लागेका एकमात्र सदस्य अधिकारी हुन् । उनले आफूँ फरक पार्टीमा भएपनि वडा अध्यक्षको लागि सबैको मत पाउनेमा विस्वस्त भएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्