व्यापारी हमालले गरे उम्मेदवारी घोषणा

धनगढी, वैशाख ८ । सात नं प्रदेशको एकमात्र उपमहानगर धनगढीमा उपमहानगरपालिकाको प्रमुखमा यहाँको उद्योगी एवम् व्यापारी गोपाल हमालले आफ्नो स्वतन्त्र उम्मेदावरी घोषणा गरेका छन् ।

कैलाली उद्योग वाणिज्य सङ्घ पूर्व अध्यक्षसमेत रहेका हमालले आज आयोजित सभामा धनगढीबाट विकास र समृद्धिको अभियान सुरु गर्न आफूले सो उपमहानगरको प्रमुखमा उम्मेदवारी घोषणा गरेको बताए ।

याे पनि पढ्नुस  किशोरकिशोरीसँग देशको सपना जोडिएको छः नगरप्रमुख वड

धनगढी उपमहानगरको प्रमुखमा औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने हमाल पहिलो व्यक्ति हुन् ।

उपमहानगरको प्रमुख र उप प्रमुखमा नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट उठाउने उम्मेदावारको टुङ्गो लगाइसकेको छ । सो पार्टीले प्रमुखमा रामसमझ राना र उप प्रमुखमा शान्ति अधिकारी क्षेत्रीलाई उठाउने तय गरिसकेको छ ।

याे पनि पढ्नुस  स्थानीय तहकाे चुनाव अवधिभर शान्ति सुव्यवस्था कायम राख्न अाग्रह

नेपाली काँग्रेस, नेकपा एमाले राप्रपा नेकपा माले लगायतका दलले उपमहानगरको प्रमुख उप प्रमुखमा कसलाई उठाउने भन्ने टुङ्गो अझै लगाउन सकेका छैनन् ।

साविक सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र रहेको र गएको संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको विजयी क्षेत्र भएकोले पनि यो उपमहानगरको निर्वाचनलाई दलहरुले आ–आफ्नो प्रतिष्ठाको विषय बनाउने अनुमान सबैको छ ।

कमेन्ट गर्नुहोस्