ट्रम्पको भविष्यवाणी मिलाएका व्यक्तिकाे अर्काे भविष्यवाणी ‘मे १३ देखि तेस्रो विश्वयुद्ध हुन्छ’

बैशाख ८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति बन्छन् भन्ने भविष्यवाणी गरेका एक व्यक्तिले अब ‘मे १३ देखि तेस्रो विश्वयुद्ध हुन्छ’ भन्ने अर्काे भविष्यवाणी गरेका छन् ।

क्लेयरवान्ट होरोसिओ विलगेस नाम गरेको ती व्यक्तिले आगामी मे महिनाको १३ तारिख देखि तेस्रो विश्व युद्ध सुरु हुने भविष्यवाणी गरेका हुन् । उनको यो भविष्यवाणीलाई अन्तराष्ट्रिय मिडियाले खुलासा गरेका छन् ।

भारतीय अनलाईन मिडिया आजतक र इण्डिया डटकमले जनाए अनुसार विलगेसले तेस्रो विश्वयुद्ध हुनुको कारण पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नै भएका बताएका छन् । उनले नै सन् २०१५ मा ट्रम्प राष्ट्रपति बन्छन् भनेर भविष्यवाणी गरेका थिए ।

अहिले अमेरिका, रुस र सिरियाबीच तनाव उत्पन्न भएको छ । विलगेसले भनेका छन्, ‘विश्वका शक्तिशालि नेताले सिरियामाथि हमला गर्नेछन्, जहाँ केमिकल आक्रमण पनि हुनसक्छ । यसै कारण रुस, उत्तर कोरिया र चीनबीच द्वन्द्व बढ्नेछ ।’

विलगेसले यो पनि भनेका छन् कि सिरियाका राष्ट्रपति असदको मृत्यु बम विष्फोटमा हुनेछ । केही समय अघि सिरियामा आतंकवादी समुह आईएसले गरेको केमिकल आक्रमणपछि अमेरिकाले सिरियामाथि आफ्नो कारबाही सुरु गरेको हो ।

सयौं शक्ति लड्नेछन्ः

विलिग्यासले नास्त्रेदमसको भविष्यवाणीलाई पनि समर्थन गरे । नास्त्रेदमसले एकैसाथ सयौं शक्ति लड्नेछन् र थुप्रैको संख्यामा मानिसहरुको मृत्यु हुने बताएका थिए ।

विलिग्यासले सिरियाका राष्ट्रपति असदको बम बिस्फोटमा मृत्यु हुने बताएका छन् । भविष्यवाणीका अनुसार १३ अप्रिलदेखि १३ मे बिच थुप्रै प्रकारको अचम्मका खबर सार्वजनिक हुनेछन् ।

उनको भनाई अनुसार झुटो सूचनामा आधारित हमलाको खबर पनि सार्वजनिक हुनेछन् । यसमा उत्तर कोरिया र सिरियासँग जोडिएका खबर अत्यधिक हुनेछन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: