प्रचण्ड क्रान्तिकारी र अनेरास्ववियुबीच झडप, आधा दर्जन घाइते

चितवन, वैशाख ८ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी सङ्गठनबीच झडप भएको छ ।

नयाँ विद्यार्थीले कलेज प्रवेश गर्दा लगाउने टिसर्टको डिजाइनका विषयमा विवाद हुँदा शुक्रवार दुई संगठनबीच भएको झडपमा आधा दर्जन घाइते भएका छन् ।

नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र एमाले निकट अनेरास्ववियुबीच झडप हुँदा दुवै पक्षका तीन÷तीन जनागरी छ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा अनेरास्ववियुका पोषण साह, रोहित ढकाल सुदीप भुजेल रहेका छन् भने क्रान्तिकारीका निरज सिंह, सुवज अधिकारी र नोवेल आचार्य रहेका छन् । घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको बताइएकाे छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: