पत्रकारहरु नगदले सम्मानित

पुष्पा महरा

काठमाडौँ, वैशाख ८ । नेपाल पत्रकार महासङ्घ, काठमाडौँले नेपाली पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने पत्रकारहरुलाई नगदसहित पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

काठमाडौँ शाखाको १० औँ अधिवेशनको उद्घाटन गर्दै आज मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पत्रकारिताका विभिन्न विधामा योगदान पु¥याउने पत्रकारहरुलाई पुरस्कार प्रदान गरिएको हो ।
महासंघले ‘अग्नितारा पत्रकारिता पुरस्कार’बाट पत्रकार गगन विष्टलाई सम्मान गरेको छ भने ‘स्व डम्बर गिरी पत्रकारिता पुरस्कार’ बाट पत्रकार तेजेन्द्रकुमार प्रसार्इंलाई, ‘स्व अशोक श्रेष्ठ पत्रकारिता पुरस्कार’ पत्रकार करूण अर्याल, ‘शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार’ धनबहादुर मगर, ‘वासुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार’ प्रह्लाद रिजाललाई प्रदान गरेको छ ।

त्यस्तै ‘स्व यशोधा स्मृति पत्रकारिता पुरस्कार’ पवन थापा, ‘शोभा शाह स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार उषा लोहनी र ‘विशाल खत्री स्मृति पत्रकारिता पुरस्कार’ विष्णु प्रसाईंलाई प्रदान गरिएको छ । यी पुरस्कारको राशि जनही रु १५ हजार रहेको छ ।

शाखाले लामो समयदेखि बिरामी परेका पत्रकार मुरारी गौतम, विके पाल्पाली, रामचन्द्र हुमागार्इं, विजय विस्पोट, गोविन्दसिंह थापा र चक्रपाणि नेपाललाई पनि जनही रु सात–सात हजार आर्थिक सहयोग प्रदान गरेको छ ।

सो अवसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले सञ्चारमाध्यम मुलुक परिवर्तनको संवाहक भएकाले यसको पेशागत संरक्षण गर्नु सरकारको दायित्व रहेको बताए ।

त्यस्तै सभामा उपस्थित वक्ताहरुले साना मिडियाहरुलाई वचाइराख्नुपर्नेमा जोड दिएका छन् ।

भोलिसम्म चल्ने अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

कमेन्ट गर्नुहोस्