अफगानिस्तानमा तालिवानी हमलामा ७० सैनिकको मृत्यु

काठमाडौं, बैसाख ९ । अफगानिस्तानमा आतंककारी संगठन तालिवानले सैनिकमाथि हमला गर्दा ७० भन्दा बढी सैनिकको ज्यान गएको छ । सैनिक अधिकारीका अनुसार उक्त हमला अफगानिस्तानको उत्तरी सहर मजार ए शरीफको बाहिरी क्षेत्रमा भएको थियो ।

अन्तराष्ट्रिय समाचार संस्था बीबीसी हिन्दीले जनाएअनुसार सेनाका प्रवक्ताले तालिवानका लडाकु सेनाको ड्रेसमा भएको बताए । उनीहरुले सैनिकहरु नमाज पढेर मस्जिदबाट बाहिर निस्कने बेलामा सैनिकमाथि हमला गरेका थिए ।

घटना लगत्तै तालिवानले एक विज्ञप्ति जारी गर्दै घटनाको जिम्मेवारी लिएको बीबीसीले जनाएको छ ।

तस्वीरः एफपी

कमेन्ट गर्नुहोस्