लेनिनले ‘म चुरोट पिउँदिन’ भनेपछि…

विश्वभरी नै अक्टोबर क्रान्तिका प्रणेता भि.आई लेनिनको चर्चा चलेको छ । लेनिनको १४७ औं जन्मदिनमा रुसी जनताले लेनिनले रुसको भविष्यका लागि ठूलो योगदान दिएको मत दिएका छन् । अर्कोतर्फ लेनिनका बिरोधीहरुले समेत अक्टोबर क्रान्तिका बारेमा बहस चलाएको देखिन्छ ।

लेनिनले माक्र्सवादको सैद्धान्तिक अवधारणालाई पहिलोपटक यथार्थमा प्रयोग गरेका थिए । किसान मजदूरहरुको राज्यसत्ता सम्भव छ भन्ने उनले संसारलाई देखाएका थिए । यहीँबाट पूँजिवादले समेत आक्रामक ढंगले विकास गर्यो । संसार नै दुई धु्रुबमा बाँडियो । मानव सभ्यतामा लेनिन नजन्मिएको भए यति छिटो यति ठूलो परिवर्तन सम्भव थिएन भनेर समेत कतिपयले भनेका छन् ।

व्यक्तिगत जीवनमा लेनिन साँचो मजदूर थिए भनिन्छ । त्यसै पनि रसियाका कम्युनिस्टहरु श्रमलाई उच्च सम्मान गर्थे । उनीहरुले राष्ट्रलाई श्रमदान दिने भनेर पार्टी केन्द्रिय समितिमै निर्णय गर्थे । श्रम र लेनिनका बारेमा एकजना केन्द्रीय सदस्यले एउटा रोचक घटना बताएको कतिपय साहित्यमा भेटिन्छ ।

लेनिनले यही स्पिरिटका आधारमा हरेक शनिबार कम्युनिष्ट पार्टीका नेताहरुले श्रमदान गर्ने निर्णय गरेका थिए । निर्णय कार्यान्यवन गर्न शिर्ष नेता नै पहिले लागि पर्थे । १९२० मा भएको पार्टी निर्णयलाई व्यवहारिक रुप दिन लेनिन स्वयम् श्रममा सहभागि भएका थिए ।

१ मेई १९२० मा रुसी कम्युनिस्ट पार्टी (बोल्सेभिक) को केन्द्रिय समितिले हप्ताको एकदिन शनिबार देशका लागि श्रमदान गर्ने भनेर निणर्य गर्‍यो । त्यसलाई रुसमा सुब्बोतनिक भनिन्थ्यो ।

पार्टीले निणर्य गरेपछि लेनिन स्वयम् सोभियत संघको क्रेमलिन चौकमा काम गर्न खटिएका थिए । उक्त चौकमा काम गर्न पार्टीका स्थानीय कमरेडको नेतृत्व थियो । त्यसबेला क्रेमलिन चौक तहसनहस र निमार्ण सामग्रीहरुको थुप्रोले भरिएको थियो । लेनिन पुरै मजदुरको भेषमा पुरानो सुट र पुरानो जुत्ता लगाएर फिल्ड कमाण्डरको आदेशको प्रतिक्षा गरिरहेका थिए ।

फिल्ड कमान्डरले लेनिनलाई हलुका सजिलो काम गरुन् भन्ने चाहाना राखेका थिए । तर उनको सोच विपरित लेनिन बडो स्फूर्तिका साथ अप्ठेरा र गाह्रो कामहरुमा सहभागी भएका थिए । उनले फिल्ड कमान्डरलाई ‘मैले के गर्नु पर्छ ? भनि पटक पटक सोधेका समेत थिए । त्यसपछि फिल्ड कमान्डरले उनलाई काम लगाउँथे । लेनिन खुरुखुरु काम गर्थे ।

हामीले एउटा ठूलो काठ उठाउन थाल्यौं । हामी चाहान्थ्यौं कि लेनिन यो काममा लागि नआउन् । तर हाम्रो सोच विपरित लेनिन सबैभन्दा गह्रौं भाग काँधमा उठाएर बोक्न पो थाले ।’ अनि मैले भने, तपाई ५० वर्षको हुनुहुन्छ, म २८ वर्षको छु । म बोक्छु यहाँ । तर उनले ठिक छ भनेर ठाउँ छाडेनन् ।

लेनिनले ढिलो होइन निकै छिटो छिटो अझ राम्रोसँग काम गरे । उनले हरेक काम छिटो र राम्रोसँग गर्नुपर्छ भनेर समेत देखाए । सँगै काम गरेका साथीहरु कयौं थाकेर बसे । तर लेनिन भने काम गरिरहेका थिए । चर्को घाम लागिरहेको थियो । सबैजना केही बेर आराम गर्न बसे । एकजना कमरेडले लेनिनलाई सिगरेट अघि बढाए । तर लेनिनले धन्यवाद भन्दै आफूले पिउने नगरेको बताए । त्यसदिन लेनिनले चार घण्टा काम गरे । त्यो चार घन्टा जुन मैले लेनिनको साथ काम गर्ने अवसर पाए, यो मेरो स्मृतिमा सदा रहिरहने छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: