दोहाको खबर: रिदम कला केन्द्र कतारको विविध साँस्कृतिक कार्यक्रमको तयारी तीव्र

दोहा । “हाम्रो कला र संस्कृतिको जर्गेना गरौँ आफ्नो प्रतिभालाई अगाडि बढाऊ” भन्ने मुल नाराका साथ कतारमा स्थापित सांगितिक संस्था रिदम कला केन्द्र दोहा कतारले नेपाली नयाँवर्ष २०७४ को ‘नेपाली चलचित्र नमस्ते नेपाल” प्रदर्शन तथा विविध साँस्कृतिक कार्यक्रमको तयारी पूरा भएको कार्यक्रम संयोजक दिल भट्टराई र गजेन्द्र मल्ले जानकारी दिएका छन् ।

संस्थाले हिजो अप्रिल २१ तारिख शुक्रबारका दिन दोहाको मुन्ताजा पार्कमा बसेको भेलासँगै आगामी २८ अप्रिल शुक्रबारका दिन कतारको गल्फ होराईजन होटलमा हुन लागेको कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको संयोजक मल्लले बताए ।

साथै उक्त कार्यक्रमलाई विभिन्न सामाजिक संघसंस्थाले पनि सहयोग-सहकार्य गर्ने भएको छ ।

“हामीलाई थप उत्साह बढेको छ सबैको साथ र सहयोग पनि आउने भएकोले हामीलाई थप आशा जागेको बताउँदै कार्यक्रम भन्ने छुट्टै मनोरञ्जन रहेको र नमस्ते नेपाल चलचित्र सम्पूर्ण छायाङ्कन यूरोपमा गरिएको पहिलो चलचित्रलाई भव्य र सव्य पार्नका लागि नेपालदेखि वरिष्ठ नृत्य निर्देशक तथा चलचित्र निर्देशक राजु शाह र चर्चित हाँस्यकलाकार गोपाल ढकाल (छन्दे) कतार आउने खबरले पनि दर्शकहरुले टिकट धमाधम लिइरहेका छन्” हामी कार्यक्रम सफल हुन्छ भन्ने ढुक्क रहेको संयोजक भट्ट र मल्लले बताएका छन् ।

नेपालदेखि निर्देशक राजु शाह र चर्चित हाँस्यकलाकार गोपाल ढकाल (छन्दे)ले पनि कतारमा रहेका दर्शको माग र कार्यक्रम भव्य र सव्य हुने खबरले खुसी तुल्याएको बताएका छन । कलाकार (छन्दे)ले युटुब मार्फत “गल्ती हुन्छ काम गरे हतारमा , दर्शक भेट्न आउदै छौँ कतारमा” बोलको छोटो गीतको शब्दबाट दर्शकलाई आफु कतार आउने र दर्शकहरुलाई आफ्नो पनि प्रस्तुति पस्कने जनाएका छन् । उनले कुराकानीकै क्रममा हामीले पहिला युके युरोपमा सो देखाई सकेको “नमस्ते नेपाल चलचित्र” कतारमा रहेका नेपाली दर्शकहरुको यति धेरै माग रहेछ हामी त्यही भएर प्यारा नेपाली दर्शकहरुसँगै बसेर आगामी २८ अप्रिलका दिन कतारमा चलचित्र प्रर्दशन तथा साँस्कृतिक कार्यक्रम सफल पार्नै दुवैजना कलाकार तथा निर्देशक २६ अप्रिलमा नै कतार आउन लागेको बताएका छन् ।

चलचित्र प्रदर्शन पश्चात हुने उक्त सांस्कृतिक कार्यक्रममा नेपाल देखी कतारको सांगितिक लोकदोहोरी क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल लोकदोहोरी गायिका देविका केसी गुरुङ्गको पनि बेजोड प्रस्तुति रहने छ भने लोकदोहोरी क्षेत्रमा हालमा छुट्टै पहिचान बनाउन सफल रहेका लोकदोहोरी कलाकार रित कुमार श्रेष्ठले पनि दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने छन् साथै स्थानिय कलाकारहरु, लोकगायक युवराज छन्त्याल, आधुनिक तथा पप गायक नवराज क्षेत्री, राम के लामा, दामोदार न्यौपाने, विनिता केसी, राम बान्तावा राईलगायत दर्जनौ स्थानिय कलाकार साथमा रिदम कला केन्द्रको आफ्नै विविध नृत्य पनि रहने संयोजक मल्ल र भट्टराईले जानकारी दिएका छन् ।

विगतका दिनमा पनि नेपाल तथा स्थानीय कलाकारहरुलाई समेटेर विभिन्न सांगितिक कार्यक्रम गर्न सफल सांगितिक संस्थाले गत साल आफैले आयोजना गरेको एकल नृत्य प्रतियोगिता कार्यक्रममा नेपालबाट चर्चित नृत्य निर्देशक प्रकाश भट्ट चर्चित लोक दोहोरी क्षेत्रकी मोडल पार्वती राईलाई समेत कतार निम्त्याएर आफ्नो कार्यक्रम सफल पारिसकेकोको संस्थाले आगामी २८ अप्रिल शुक्रबार कतारको गल्फ होराईजन होटलको सभा हलमा बिहान ११ बजेदेखि संचालन हुने उक्त कार्यक्रमको डिनरको पनि व्यवस्था सहित टिकट शुल्क भने करिब १०० रहेको आयोजकले जानकारी गराएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: