टिम चौराह धनगढीले विराटनगर किङ्सलाई दियो १६० रनको चुनाैति

धनगढी, बैशाख ९ । धनगढी प्रिमियर लीग(डिपिएल)को फाइनल खेलमा टिम चौराह धनगढीले विराटनगर किङ्सलाई १६० रनको लक्ष्य पेश गरेको हो ।
टिम चौराहका आरिफ शेखले आक्रामक व्याटिङ गरेपछि निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाएर १५९ रन बनाएको हो ।

धनगढी स्थित शसस्त्र प्रहरीको क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गर्ने निर्णय गरेको टीम चौराहले मध्यम स्कोर बनाएको हो ।

आरिफ शेखले ३० बलमा ४ चौका र ४ छक्काको मद्धतमा ५४ रन बनाए । यस्तै अमर रौतेलाले १५ बलमा अविजित ३१ रन बनाए । पारस खड्काले ३४ बलमा २९ रन बनाए । विराटनगरका सुशील कँडेलले दुई साथै जितेन्द्र मुखिया, सन्दीप लामिछाने र प्रकाश विष्टले एक एक विकेट लिए ।

१६० रनको लक्ष्य पछ्याउन विराटनगर किङ्सले केहीबेरमा जवाफी व्याटिङ सुरु गर्नेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: