टिम चौराह धनगढीले जित्यो डिपिएलको उपाधि

धनगढी, बैशाख ९ । टिम चौराह धनगढीले धनगढी प्रिमियर लीग(डिपिएल)को पहिलो संस्करणको उपाधि जितेको छ । लीग चरणका सुरुवाती तीन खेलमा पराजित भएरपनि त्यसपछिका सम्पूर्ण खेलमा जित निकाल्दै पारस खड्का नेतृत्वको धनगढीले उपाधि उचालेको हो ।

धनगढीको शसस्त्र प्रहरीको क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको टिम चौराह धनगढीले आरिफ शेखको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रन बनाएको थियो ।

१६० रनको लक्ष्य पछ्याएकोबिराटनगर किङ्स १८ ओभर १ बलमा ९७ रनमै अलआउट भएपछि चौराहा धनगढीले ६२ रनको जित सुनिश्चित गरेको हो ।
बिराटनगर किङ्सका लागि प्रनित थापा मगरले सर्वाधिक २७ रन बनाए । अमित श्रेष्ठले २६ तथा दिपेन्द्र सिंह ऐरी र अनिल साहले समान १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । बिराटनगरलाई सस्तैमा समेट्न सुशील भारीले ३, सौरभ खनालले २ र आरिफ शेखले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रनको योगफल तयार पारेको हो । सामान्य सुरुवात गरेको धनगढीले अन्तिम ८ ओभरमा १ सय ११ रन जोडेपछि उच्च योगफल तयार पार्न सफल भयो । मध्यक्रमका ब्याट्सम्यान आरिफ शेख, अमर राउटेला र कप्तान खड्काले उत्कृष्ट पारी खेलेपछि ३७ रन जोड्दा ३ विकेट गुमाएको स्थितिबाट सम्हालिदै धनगढीले उच्च योगफल तयार पारेको हो ।

आरिफले सर्बाधिक ५४ रन बनाए । चार छक्का र चार चौकाको मद्दतमा आरिफले ३० वलमा ५४ रन जोडे । यस्तै मात्र १५ वल खेलेका राउटेला ३१ रनमा नटआउट रहे । आरिफ र राउटेलाले पांचौ विकेटका लागि मात्र ४ ओभरमा ६३ रनको साझेदारी गरे । बिराटनगरका सुशील कडेलले २ तथा सन्दिप लामिछाने, प्रकाश बिष्ट र जितेन्द्र मुखियाले समान एक एक विकेट लिए ।

आरिफ शेखको प्रदर्शन चौराहाका लागि उत्कृष्ट रहृयो । ब्याटिङतर्फ ५४ रन बनाएका उनले बलिङमा पनि २ विकेट लिए ।
‘म्यान अफ द फाइनल’ उनै शेख चुनिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: