धादिङमा कांग्रेस- माअोवादी मिलेर स्थानीय चुनाव लड्ने

धादिङ, वैशाख ९ । धादिङमा नेपाली कांग्रेस र माओवादी केन्द्र मिलेर स्थानीय चुनावमा भाग लिने सहमति गरेका छन् ।
शुक्रबार राति अबेरसम्म चलेको यी दुई पार्टीको बैठकले सातवटा (नगर र गाउँपालिका) कांग्रेसले र ६ )नगर र गाउँपालिका) माओवादी केन्द्रले उम्मेदवारी दिने गरी सैद्धान्तिक सहमति गरेका हुन् ।

सहमति निर्माणकै लागि माओवादी केन्द्रले धादिङले जिल्लाभरका नगर र गाउँपालिकामा शनिबार गर्ने भनिएको उम्मेदवार घोषणा कार्यक्रम स्थगित गरेको छ ।

कांग्रेसको वर्चश्व रहेको सदरमुकाम निलकण्ठ नगरपालिका कांग्रेसलाई र धुनीवेंसी नगरपालिका माओवादी केन्द्रलाई उम्मेदवारी दिने अनौपचारिक सहमति भएको छ ।
कांग्रेसले त्रिपुरासुन्दरी, खनियावास लगायतका तीनवटा गाउँपालिकामा सर्वसम्मतले अध्यक्ष पदमा उम्मेदवार चयन गरिसकेको छ ।

छलफलमा माओवादी केन्द्र जिल्ला अध्यक्ष शालिकराम जम्मरकटेल र कांग्रेसका सभापति रमेश धमला लगायतका जिल्लास्तरीय नेताहरुको उपस्थिति थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: