भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु

चितवन, वैशाख ९ । चितवनको नारायणगढमा म्याजिक भ्यानको ठक्करबाट शनिबार मध्यान्ह एक किशोरीको मृत्यु भएको छ ।

चितवनको भरतपुरबाट नारायणगढको पुलचोकतर्फ जाँदै गरेको ना १ च ५४२२ नम्बरको म्याजिक भ्यानले सोही दिशातर्फ जाँदै गरेको ना ३६ प ५११२ नम्बरको स्कुटीलाई पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक पश्चिम चितवनको पटिहानीकी– १९ वर्षीया वर्षा आचार्यको मृत्यु भएको हो ।

मध्यान्ह १२ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी आचार्यको उपचारका लागि चितवन मेडिकल कलेज पुर्याइएकोमा १२ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सो दुर्घटनापछि म्याजिक चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: