पुनरवास नगरापालिकामा माओवादी केन्द्रकाे मेयरमा वीरबहादुर

कञ्चनपुर, वैशाख ९ । कञ्चपुर जिल्लाको दक्षिणी क्षेत्र पुनरर्वास नगरपालिकामा माओवादी केन्द्रले वीरबहादुर थापालाई मेयरको उम्मेदवारका रुपमा घोषणा गरेको छ ।

नेकपा माओवादी केन्द्र कञ्चनपुर जिल्ला इन्चार्जमा सिमित रहेका थापालाई पुनर्वासमा आमसभाको आयोजना गरी मेयर घोषणा गरिएको हो ।

माओवादी नेत्री तथा दोस्रो संविधानसभा कञ्चनपुर जिल्ला क्षेत्र नं. १ बाट माओवादी उम्मेदवार बीणा मगरको प्रमुख आतिथ्यमा भएको सो आमसभामा जिल्ला इन्चार्ज थापालाई मेयरको रुपमा घोषणा गरिएको हो ।

थापा कञ्चनपुर र खासगरी जिल्लाका दक्षिणी क्षेत्रमा चर्चित छन् । हालै मात्र कञ्चनपुरको अनन्तबजारमा भारतीय सीमा सुरक्षा बलले गोली चलाएको घटनाको विरुद्धमा थापाले अगुवाई गरेको थिए ।

आमसभामा बोल्दै थापाले जिल्लाका दक्षिण् क्षेत्रका जनताको सुरक्षा र विकास आफ्नो मुख्य एजेण्डा भएको बताएका छन् ।

कमेन्ट गर्नुहोस्