दैलेख कारागार कैदीबीच झडप, सात जना घाईते, दुई गम्भिर

दैलेख, बैशाख ९ । जिल्ला कारागार दैलेखमा पानीको निहुँमा विवाद हुँदा कैदीबन्दीबीच शनिवार झडप भएको छ । झडपमा सात जना घाइते भएका छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

खानेपानीको विषयलाई लिएर कारागारमा रहेका नारायण शाही र उपेन्द्र पुनबीच भएको भनाभनपछि दुई समूहबीच झडप भएको प्रहरी निरीक्षक योगेन्द्र खड्काले जानकारी दिए ।

घाइतेमध्ये शाही र पुनलाई जिल्ला अस्पताल दैलेखमा उपचारका लागि लगिएको छ । अन्य पाँच जना भने सामान्य घाइते छन् ।

दैलेख कारागारमा ८० जना पुरुष र २० जना महिला राख्ने क्षमता भए पनि १ सय ५३ जना राखिएको छ ।

क्षमताभन्दा बढी कैदीबन्दी राखिंदा कारागारमा पटकपटक विवाद र झडप हुने गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: