चुनाव सर्दैन, वैशाख ३१ मै हुन्छ : प्रमुख निर्वाचन आयुक्त

काठमाडौं, वैशाख ९ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले वैशाख ३१ गते नै तोकिएको स्थानीय तहको निर्वाचन हुने बताएका छन् । अब कुनै पनि हालतमा मिति सार्न नसकिने बताउँदै उनले भने, ‘वैशाख ३१ मै चुनाव हुन्छ, हुनुपनि पर्छ ।’

शनिबार रिपोर्टर्स क्लब नेपालमा भएको साक्षात्कारमा प्रमुख आयुक्त डा. यादवले आगामी ३१ को स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा नसर्ने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न हुने दाबी गरेका छन् । त्यसै अनुरुप आयोगले सम्पूर्ण तयारी गरिसके र निर्वाचन सामाग्रीहरु मतदान केन्द्रमा पुगिसकेको बताए ।

याे पनि पढ्नुस  उच्च मनोबल लिएर काम गर्न कर्मचारीलाई प्रमुख निर्वाचन आयुक्तको निर्देशन

डा.यादवले आयोगले ३१ गतेको निर्वाचनको लागि आवश्यक सबै सामाग्रीहरु जुटाईसकेको जनाउँदै अब निर्वाचनको मिति सर्ने कुनै संभावना नरहेको बताए । उनले भने, ‘निर्वाचनको सुनिश्चितता भैसक्यो, आयोगका परिसरमा आएर हेर्दा पनि थाहा हुन्छ, निर्वाचनको तयारी कहाँ पुग्यो भनेर ?, त्यसैले अब ३१ गतेको निर्वाचन सर्दैन्, मिति फेरबदल हुँदैन् ।’

उनले यदि कुने कारणबस कुनै ठाउँमा कुनै कारणले मिति सार्नुपर्ने भएपनि सरकारले आयोगसँग सल्लाह गर्नुपर्ने बताए ।

यादवले भने, ‘कुनै ठाउँमा निर्वाचन सार्नुपर्ने भएपनि सरकारले निर्वाचन आयोगसँग सल्लाह गर्नुपर्छ, सारे पनि कति दिन सार्ने हो रु समयावधि कति हो रु कुन कुन विषयलाई लिएर सार्ने हो रु यस्तो विचारनीय कुरा आयोगसँग छलफल गरेरमात्रै गर्नुपर्छ ।’

याे पनि पढ्नुस  दोस्रो चरणको स्थानीय तहको चुनाव सार्न नहुने: प्रमुख निर्वाचन आयुक्त यादव

निर्वाचनको लागि आवश्यक मतदाता नामावली, मतदाता परिचयपत्र, मतपत्र, मसी र सुरक्षा सामाग्री लगायत आवश्यक सामाग्रीहरु सम्बन्धित स्थानमा पुर्याउन आजैबाट ढुवानीको काम सुरु भएको जानकारी दिँदै यादव ११ वटा उच्च हिमाली जिल्लामा हेलिकप्टरमार्फत र बाँकी जिल्लामा पूर्ण सुरक्षाका साथ ट्रकबाट सामाग्रीहरु ढुवानी हुने बताए ।

निर्वाचन आयोगको कामकारवाही देखेर निर्वाचनको सुनिश्चितता भएको भन्दै संयुक्त राष्ट्र संघका उच्च प्रतिनिधिहरुले पनि नेपालको डेमोक्रेसी ईन अपरेसन भनेर प्रशंसा गरेको उनले बताए ।

याे पनि पढ्नुस  ८२ दिनमा स्थानीय तहको निर्वाचन

निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्नको लागि आयोगले ज्यादै मेहनतका साथ काम गरिरहेको पनि उनले बताए । आयोगले गर्नुपर्ने कामहरुमा केही समस्या आए समाधान गर्न आयोग तयार र सक्षम रहेको दाबी गरे ।

दलहरुबिच अहिलेसम्म पूर्ण रुपमा सहमति भैनसके पनि पछिल्ला दिनहरुमा सहमतिको लागि घनिभुत रुपमा छलफल हुुनु सकारात्मक भएको उल्लेख गर्दै दलहरुबिच सहमति होस् भनेर आफूहरुले आशा लिएको यादवको भनाई थियो ।

कमेन्ट गर्नुहोस्