कलाकार प्रदीप सिंहको निधन

बैशाख ९ । पुराना कलाकार तथा चलचित्र निर्माता प्रदीप सिंहको निधन भएको छ । मृगौला रोगबाट लामो समयदेखि पीडित रहेको कलाकार सिंहको उपचारका क्रममा भारतको कलकत्तास्थित कलकत्ता मेडिकल एण्ड रिर्सच अस्पतालमा शुक्रबार साँझ निधन भएको पारिवारिक श्रोतले बताएको छ । ५८ वर्षीय सिंहको गत वर्ष मृगौला प्रत्यारोपण गरिएको थियो ।

२०४१ सालमा ‘२५ औं बसन्त’ नामक नेपाली चलचित्रबाट अभिनय यात्रा सुरु गरेका सिंहले ‘देउता’, ‘रहर’, ‘मीतज्यू’, ‘अन्याय’ लगायत थुप्रै चलचित्रहरुमा अभिनय गरेका छन् ।

चलचित्र क्षेत्रमा झण्डै ३३ वर्ष विताएका कलाकार सिंहको पछिल्लो चलचित्र अभिनेत्री निशा अधिकारी अभिनित ‘पद्यिनी’मा अभिनय गरेका छन् ।

कलाकार संघको सदस्य भएर कलाकारको हकहितको लागि सक्रिय सिंहले केही चलचित्रमा निर्माताको रुपमा समेत काम गरेका छन् ।

काठमडौंको बौद्ध निवासी सिंहका दुई छोरी, १ छोरा र श्रीमती छन् । उनको पार्थिव शरीर सोमबार मात्र राजधानी ल्याइने कलाकार संघले जनाएको छ ।

कमेन्ट गर्नुहोस्