बालबालिकाहरुका लागि ‘म जोकर बन्छु’

वैशाख ९ । मनोविज्ञानमा आधारित नाटक ‘म जोकर बन्छु’ नाटक मञ्चन थिएटर मल नाटकघरमा गरिएको छ । बालबालिकाहरुलाई अभिभावकले वेवास्ता गरेपछि उनीहरुमा पर्ने मनोवैज्ञानिक नाकारात्मक असरलाई विषय बनाइएको छ ।

बालबालिकाका इच्छामाथि अभिभावकले दवाव दिदा हुने परिणामा र बालबालिकाले गरेको कार्यमा अभिभावकले सकारात्मक नजरले नहेर्दा बाल मस्तिष्कमा पर्ने प्रभावलाई नाटककमा उतारिएको छ।

सबै पात्रहरुमा बालबालिकाले अभिनय गरेका हुन्। अभिनय कार्यशालामा भएका ५ देखि १४ वर्षका बालबालिकाहरु सहभागी थिए।

नेपाली बालसाहित्यका पिताका रुपमा चिनिने बालसाहित्यकार शान्तदास मानन्धरको लेखन रहेको यस नाकटलाई केदार श्रेष्ठले निर्देशन गरेका हुन् । टिसीसी नेपालको ‘बालबालिकाका लागि अभिनय कार्यशाला’को अन्तिम दिन बालबालिकाहरुले नाटक मञ्चन गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: