गोरखामा माओवादी केन्द्रको उम्मेदवार घोषणा

गोरखा, वैशाख ९ । माओवादी केन्द्रले गोरखा भिनसेन गाउँपालिका अन्तर्गत स्थानीय तह निर्वाचनका लागि उम्मेदवार घोषणा गरेको छ । नेकपा माओवादी केन्द्रका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा सो उम्मेदवारी घोषणा गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस पारेर नेकपा माओवादी केन्द्रको उपहार गाउँ–नगरमा सिंहदरवार ! सुदृढ लाल किल्ला, समृद्ध गोरखा जिल्ला भन्ने नाराका साथ माओबादी केन्द्र गोरखाले स्थानीय तह निर्वाचन र उमेरद्वार घोषणा सभाको आयोजना गरी उम्मेदवारी घोषणा गरेको हो ।

सभाले गाउँ पालिका प्रमुखमा लोक प्रसाद बंजारा (अक्कल)लाई घोषणा गरेको छ । त्यस्तै उप प्रमुखमा लिला श्रेष्ठ, मसेल वडा न १ को अध्यक्षमा बिनोद पाण्डे, तान्द्राङ २ मा शेषनाथ भट्टराई, ३ मा गिरिधर भट्ट, धावा ४ मा मदन साक्य, बगुवा ५ मा प्रेम चन्द्र श्रेष्ठ उम्मेदवारी घोषणा भएका छन् । त्यस्तै अश्राङ ६ मा रनिल राना मगर, बोर्लाङ ७ नारायण श्रेष्ठ र ८ बाट रामहरी ढकाल घोषित भएका छन् ।

कमेन्ट गर्नुहोस्