बिराटनगर उपमहागरमा माओवादीको उम्मेदवार तय

विराटनगर, बैशाख ९ । नेकपा माओवादी केन्द्रले विराटनगर उपमहानगरपालिकाको मेयर र उपमेयरसहित वडाको उम्मेदवार टुंगो लगाएको छ ।

स्थानीय तहको निर्वाचनका लागि केन्द्रले विराटनगर उपमहानगरापलिकाको मेयरमा भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेलाई उम्मेदवार बनाएको हो ।

यादव माओवादी केन्द्र विराटनगरका इन्चार्ज हुन् भने उपमेयरका उम्मेदवार न्यौपाने संयोजक हुन् ।

माओवादी केन्द्रले ४, १०, १४ र १५ वडा वाहेका अन्य वडाका उम्मेदवारको नाम समेत सार्वजनिक गरेको छ । बिराटनगर उपमहानगरमा १९ वडा छ । चार वडाका उम्मेदवार टुंगो लागिनसकेको निर्वाचन परिचालन संमितिले जनाएकाे छ ।

तीन नम्वर वडामा सबै उम्मेदवार महिला
माओवादीले विराटनगरको ३ नम्वर वडामा वडाध्यक्षसहित सवै उम्मेदवार महिला अघि सारेको छ ।

शुशीलादेवी भट्टराई वडाध्यक्ष, महिला वडा सदस्यमा कल्पना पोख्रेल र दलित महिलामा लक्ष्मीदेवी विक उम्मेदवार छिन् दुई सदस्यमा अप्सरा निरौला र हिरा घिमिरे छिन् । अप्सार निरौला स्थानीय सचारकर्मीसमेत हुन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: