उपेन्द्र यादवले अध्यक्षको दावी गरेपछि भाँडियो नयाँ शक्तिसँग एकता

काठमाडौं – एकीकृत पार्टी अध्यक्ष को हुने भन्ने बिषयमा सहमति जुट्न नसकेपछि संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबीचको एकता तत्कालका लागि भाँडिएको खबर आजको नागरिकमा छ ।

स्रोतका अनुसार बैशाख पहिलो साचाभित्रै दुई पार्टीबीच एकीकरण गर्ने तयारी भएको थियो ।

याे पनि पढ्नुस  ६ महिनामा ५८ उपलब्धी सार्वजनिक गरे स्वास्थ्यमन्त्री यादवले, सूचिसहित

एकतापछि पार्टीको नेतृत्व कसले गर्ने भन्ने बिषयबाहेक अन्य बिषयमा करिबकरिब सहमति जुटिसकेको थियो ।

तर अध्यक्षको बिषयमा भने सहमति जुट्न सकेन ।

स्रोतका अनुसार एकता वार्तामा फोरम नेपालका दोस्रो तहका नेताले अध्यक्षमा उपेन्द्र यादव नै हुनुपर्ने र बाबुराम भट्टराईलाई दोस्रो तहको रुपमा स्वीकार गर्न सकिने बताएका थिए ।

याे पनि पढ्नुस  उपप्रधानमन्त्री भन्छन्, ‘डा. केसीसँग गरिएका सम्झौता सरकारले कार्यान्वयन गर्नुपर्छ’

नयाँ शक्तिका नेताहरुले भने पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराई पहिलो स्थानमा हुनुपर्ने अडान राखेका थिए ।

कमेन्ट गर्नुहोस्