यी हुन रुकुममा एमालेबाट स्थानीय तह प्रमुखमा उठने उम्मेदवारहरु

रुकुम, वैशाख १० । आगामी ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले रुकुममा सबै स्थानीय तहका लागि उम्मेदवार टुँगो लागाएको छ । जिल्ला कमिटि रुकुमले गरेको निर्णयलाई प्रदेश कमिटिले अनुमोदन गरेपछि ३ नगरपालिका, ६ गाउँपालिकाको प्रमुख, उपप्रमुख र अध्यक्ष उपाध्यक्षको टुंगो लागाएको जिल्ला सचिव हरिप्रसाद शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार ९ स्थानीय तहमध्ये एउटामा महिला र अन्य ८ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्षमा पुरुषलाई अघि सारिएको छ । एमालेले मुसीकोट नगरपालिकामा विमलकुमार पुनलाई प्रमुख तथा केशरी गौतमलाई उपप्रमुख, चौरजहारी नगरपालिकामा शेरबहादुर केसीलाई प्रमुख तथा कल्याणी खड्कालाई उपप्रमुख र आठ विसकोट नगरपालिकामा हरिप्रसाद शर्मालाई प्रमुख तथा भगवती शाहीलाई उपप्रमुखमा अघि सार्ने निर्णय गरेको छ ।

यसैगरी पुथाउत्तरगंगा गाउँपालिकामा भिउमान घर्तीलाई अध्यक्ष, सीता घतानेलाई उपाध्यक्ष, भूमे गाउँपालिकामा आशा स्वर्णकारलाई अध्यक्ष कमानसिङ डाँगीलाई उपाध्यक्ष, सिस्ने गाउँपालिकामा नन्दलाल शर्मालाई अध्यक्ष नुमेन्द्रा खड्कालाई उपाध्यक्ष, बाँफीकोट गाउँपालिकामा विद्यापति रिजाललाई अध्यक्ष व्युझना पुनलाई उपाध्यक्ष, त्रिवेणि गाउँपालिकामा  गणेश खड्कालाई अध्यक्ष कल्पना ओलीलाई उपाध्यक्ष, र सानीभेरी गाउँपालिकामा मनवीर घर्तीलाई अध्यक्ष तथा लक्ष्मी घर्तीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय सर्वसम्मत भएको एमालेले जनाएको छ ।

स्थानीय तहको मुख्य पदका उम्मेदवार टुङ्गो लागेपनि वडा अध्यक्ष तथा सदस्यको भने केही दिन भित्रै लाग्ने एमालेले जनाएको छ ।

कान्तिपुर दैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: