आक्रामक ब्याटिङ गर्दै कठीन परिस्थितिमा जिताए धोनीले

काठमाडौं, वैशाख १० – इण्डियन प्रिमियर लिगको शुक्रबार भएको खेलमा भारतीय क्रिकेट टीमका सम्मानित खेलाडी महेन्द्र सिंह धोनीले फेरी हजारौं दर्शकको मन छुने काम गरेका छन् ।

राइजिङ पुने सुपर जायन्टस र सनराइजर्स हैदरावादबीचको खेलमा धोनीको भूमिकाले सबैलाई धोनी त्यसै धोनी होइनन भन्ने पारेको हो । धोनीको टिमले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको छ ।

पुनेले ४ विकेट जाँदा १ सय ७७ रनको लक्ष्य भेट्टाएको हो । महेन्द्रसिंह धोनिले आक्रामक ब्याटिङले पुनेको जित सुनिश्चित भएको हो । धोनिले ३४ बलमा ६१ रन बनाए । उनले ५ चौका र ३ छक्का हाने । मनोज तिवारीले ८ बलमा १७ रन बनाए । यस्तै राहुल त्रिपाठीले ४१ बलमा ५९ रन, स्टेभेन स्मिथले २१ बलमा २७ रन, वेन स्टोक्सले ९ बलमा १० रन बनाए ।
यसअघि टस हारेपछि ब्याटिङ गरेको हैदरावादले निर्धारीत २० ओभरमा ३ विकेट जाँदा १ सय ७६ रन बनाएको थियो । हैदरावादका मोएसेस हेनेरिकेसले २८ बलमा अविजित ५५ रन मा बनाए । यस्तै डेबिड वार्नरले ४० बलमा ४३ र शिखर धवनले २९ बलमा ३० रन साथै दीपक हुडाले १० बलमा १९ रन बनाए । पुनेका जयदेव उनाडकट, ड्यानियल क्रिष्टियन र इमरान ताहिरले एक एक विकेट लिएका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: