संशोधन प्रस्ताव फाष्ट ट्रयाकबाट पारित गर्ने, मन्त्रीपरिषद बैठक बस्दै

काठमाडौं, वैशाख १० । शनिबार साँझ मधेसी मोर्चासम्बद्ध दल र सरकारबीच भएको सहमतिलाई कार्यान्वयनमा ल्याउन प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषदको बैठक डाकेका छन् ।

संविधान संशोधन प्रस्ताव र चुनावको मितिबारे निर्णय गर्न आज ११ बजे सिंहदरबारमा मन्त्रीपरिषदको बैठक बस्ने छ ।

बैठकले संशोधन प्रस्तावलाई फाष्ट ट्रयाकबाट पारित गर्ने प्रक्रिया अघि बढाउने र
दुई चरणको निर्वाचनको मिति समेत तय गर्ने छ । पहिलो चरणको निर्वाचन भने वैशाख ३१ मा नै
हुने सहमति गरिएको छ ।

बैठकले निर्वाचन दुइचरणमा गर्ने, स्थानीय तहको संख्या थप, सिमांकन हेरफेरका लागि बनाइने संघीय आयोगको संरचना निर्माण लगायतका बिषयमा समेत निर्णय गर्नेछ । मन्त्रिपरिषद बैठकको निर्णयपछि दुई पक्षबीच औपचारिक सहमति पत्रमा हस्ताक्षर गर्ने सहमति शनिबार भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: