उदयपुरमा उम्मेदवार छान्न सकेन एमालेले, बैठकमा चर्काचर्की

उदयपुर, वैशाख १० । स्थानीय निकायका उम्मेदवारहरु छनौट गर्ने विषयमा उदयपुर एमालेमा ठूलो विवाद देखिएको छ ।

नेकपा एमालेले त्रियुगा, चौदण्डी र कटारी नगरपालिकाको प्रमुख उपप्रमुखमा सिफारिस गरेभन्दा बाहिरबाट नाम प्रस्ताव आएपछि विवाद सुरु भएको हो । यही विषयमा शुक्रबार बोलाइएको बैठक बिना निश्कर्ष टुंगिको थियो ।

छ।’ एमालेका पूूर्वअध्यक्ष तथा जिल्ला विकास सभापति बेदप्रसाद पोखरेल कटारी नगरपालिकामा, एमाले जिल्ला अध्यक्ष ईश्वरमणि राउले त्रियुगा नगरपालिका र एमालेका नेता तथा पत्रकार महासंघ उदयपुरका पूर्वअध्यक्ष कुशल बाबु बस्नेतले चौदण्डी गढी नगरपालिकाको प्रमुखको उम्मेदवार जिल्लाको बैठकमा प्रस्ताव गरेपनि त्यसमा सहमति भएको छैन

त्रियुगा नगरपालिकाको प्रमुख पदमा अनन्त दनुवार, चन्द्र नारायण चौधरी, इन्द्रबहादुर थापा र फुल कुमारी चौधरीले उपमेयरमा आफूले टिकट पाउनुपर्ने दाबी गरेका छन्। यसअघि नगर समितिबाट मेयर पदमा एमालेका युवा नेता भागवत राउत, प्रकास बस्नेत र गीता रेग्मीको र उपमेयरमा सुनिता चौधरी, महेश्वरी राई र सिर्जना दनुवारको नाम सिफारिस भएको थियो।

त्यसैगरी चौदण्डीगढी नगरपालिका पनि सोचे भन्दा बढी आंकक्षी बनेका छन चौदण्ढी गढी नगरपालिकामा नरेन्द्र राउत र कुशलबाबु बस्नेतले मेयरको र चुना थापाले उपमेयरको टिकट आफूले पाउनु पर्ने दावी बैठकमा गरेपछि थप विवाद भएको थियो ।
चौदण्डी गढी नगरसमितिबाट कालु लामा, कुमार सिंह कार्की, राजेन्द्र कटुवाल ९राजन० र शम्भु पौडेलको सिफारिस भएको थियो भने उपमेयरमा कान्ता राई, लीला रिजाल, मनिका दुलाल र रेवती राई रहेको नेकपा एमाले उदयपुरले जनाएको छ।

अहिले दुईजना प्रमुखका आकांक्षी बढेपछि नगरपालिका प्रमुखको दाबी गर्नेको संख्या ६ पुगेको छ भने उपप्रमुखको दाबी गर्नेको संख्या पाँच जना पुगेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: