मानसिक सन्तुलन ठीक नभएको कार्की पन्ध्र दिनदेखि बेपत्ता

मेलम्ची, वैशाख १० । सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–१० बस्ने सहदेवकुमार कार्की १५ दिनदेखि बेपत्ता भएका छन् ।

केही वर्षदेखि मानसिक सन्तुलन ठीक नभएका कार्की गत चैत २६ गतेदेखि सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी घरबाट मेलम्ची हुँदै काभ्रेपलाञ्चोकको बनेपासम्म पुगेको र खोजखबर गर्दा कुनै पत्ता नलागेको उनकी छोरी कविता कार्कीले बताइन् ।

सामान्य मान्छेको भन्दा कपाल लामो भएको र निलो रङको टिसर्ट लगाएका मानसिक अवस्था ठीक नभएका कार्कीलाई देख्नु वा फेला पार्नुभएमा ९८४३८२६०४८, ९८६०६१८९०७ वा निजको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरेको छ ।

चालीस वर्षीय कार्कीले लामो समयदेखि मानसिक रोगको औषधि सेवन गर्दै आइरहेका थिए । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले उनको खोजी जारी रहेको बताउनुभयो ।

कमेन्ट गर्नुहोस्