करेन्ट लागेर बालिकाको मृत्यु

राजविराज, वैशाख १० । सप्तरीको शम्भुनाथ नगरपलिका–८ मा करेन्ट लागेर आज बिहान एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय सुनिलकुमार दासको नौ वर्षीया छोरी विभाहकुमारी दास रहेको इलाका प्रहरी कार्यालय, कल्याणपुरले जनाएको छ । नुहाउने क्रममा पानी तान्ने मोटरमा नाङ्गो तारमा अचानक छुँदा विभाहलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीमा दुई दिन अगाडि पनि करेन्ट लागेर दुईजनाको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: