दुई ट्रक एकअापसमा ठोक्किदाँ एकको मृत्यु, छ घाइते

चितवन, वैशाख १० । पृथ्वी राजमार्गअन्तर्गत इच्छा कामनाको फिस्लिङमा अाइतबार बिहान दुई ट्रक एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय, मुग्लिनका अनुसार मुग्लिनतर्फ आउँदै गरेको वा२ख १९५२ नंको ट्रक र विपरीत दिशातर्फ जाँदै गरेको ना५ख ९१९० नंको ट्रक आज बिहान दुर्घटना भएको हो ।

घाइतेलाई उपचारका लागि काठमाडौँ लगिएको छ । मृतक पुरुष रहेका र सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । ट्रक ठोक्किएपछि राजमार्ग एकतर्फीमात्र सञ्चालनमा आएको छ ।

कमेन्ट गर्नुहोस्