लाङमाले हिमताल फुट्दा करोडौंको क्षति

काठमाडौँ, वैशाख १० । समुन्द्री सतहबाट ४४१० मिटर उचाइमा रहेको लाङमाले हिमताल विष्फोटबाट करोडौंको क्षति भएको छ ।

बिहिबार दिउँसो उक्त ताल फुटेको थियो । मकालु हिमश्रृङखला अन्तर्गत पर्ने उक्त ताल फुटेपछि होटल, गोठ, पुल र चौपाय बगेका छन् ।

मकालु हिमाल आरोहणका लागि हिडेका पर्यटक समेत बाटो बगाएपछि बीच बाटोमै अलपत्र परेका छन् । ६ जना आरोहीले मकालु आरोहण आरोहणका लागि अनुमती लिएका थिए ।

स्थानीय होटल व्यवसायी छेपाल शेर्पाका अनुसार बाढीले बरूण उपत्यका भित्रका ज्याक खर्क, याङ्लेखर्क र तातोसोका ६ बढी गोठ र एक होटल एक दर्जन फड्के पुल, एक होटल, एक गुम्बा र छ वटा गोड बगाएको बताउनुभयो ।

बाढीले मकालु वालाखर्कका रिन्जी शेर्पाको करिव दुई दर्जन बढी याक र चौरी बगाएका छन् । हिमताल फुटेर भएको क्षतिका कारण यस बर्ष मकालु हिमाल आरोहण समेत रोकिन सक्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्