मन्त्रिपरिषदको बैठक शुरु, बरियतामा असन्तुष्ट उपप्रम तथा गृहमन्त्री नीधि पनि सहभागी

काठमाडौं, वैशाख १० । मधेसी मोर्चासम्बद्ध दल र सरकारका बीच शनिबार साँझ भएको सहमतिलाई औपचारिकता दिन मन्त्रिपरिषदको बैठक शुरु भएको छ ।

ढिला गरी शुरु भएको बैठकमा दुई चरणमा चुनाव गर्ने सहमतिलाई मूर्तरुप दिन दोश्रो चरणको चुनावका मितिबारे मन्त्रीपरिषदले निर्णय गर्ने बताइएको छ ।

यसैगरी बैठकमा सरकारले सदनमा दर्ता गरेको संशोधन प्रस्तावमा मोर्चाको माग सम्बोधन गर्न परिमार्जन गरी पारित गराउने प्रक्रियाका बारेमा समेत आवश्यक निर्णय हुने छ ।

शनिबारको सहमतिलाई ऐतिहासिक सहमतिका रुपमा हेरिएको छ । बैठकमा वरियता विवादको कारण देखाएर मन्त्रीपरिषदको बैठकमा अनुपस्थित हुँदै आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि पनि उपस्थित छन् ।

अाइतबार सिंहदरबारमा बसिरहेको मन्त्रिपरिषद् बैठकमा निधि थापापछि तेस्रो वरीयतामा बस्न राजी भएका हन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको निर्वाचन आयुक्तहरूसँगको छलफलमा पनि गृह मन्त्री निधि सहभागी थिए ।

मन्त्रीपरिषदको बैठकपछि मोर्चासँग औपचारिक पत्रमा हस्ताक्षर गरी सहमति गरिने बताइएको छ ।

कमेन्ट गर्नुहोस्