मन्त्रीपरिषदको बैठक रोकेर प्रचण्ड ओली निवास बालकोटमा

 

काठमाडौं, वैशाख १० । मन्त्रीपरिषदको बैठक रोकेर प्रधानमन्त्री प्रचण्ड बालकोट जाँदै छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हिजो शनिबार मधेसी मोर्चासँग भएको सहमतिबारे छलफल गर्न प्रधानमन्त्री बालकोट जान लागेका हुन ।

“विपक्षीलाई समेत सहमतिमा ल्याएर संशोधन र चुनावबारे मन्त्रीपरिषदले निर्णय गर्ने आशय हो ।” प्रचण्ड सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डले संशोधन र चुनावबारे आवश्यक निर्णय गर्न मन्त्रीपरिषदको बैठक बोलाएका थिए । मन्त्रीपरिषदको बैठक राेकेर प्रतिपक्षी एमालेसँग समेत यसविषयमा छलफल गरेर राष्ट्रिय सहमति कायम गर्ने र साेही अाधारमा सरकारकाे धारणाा बनाउन प्रचण्डले  विपक्षी एमालेसँग छलफल गर्न खाेजेकाे सचिवालयले बतायाे ।

मोर्चासँग भएको सहमतिबारे आफूसँग कुनै छलफल नगरेको टिप्पणी एमाले नेताहरुले गरेका थिए ।

संविधान संशोधन पारित गर्न एमालेको समते भूमिका महत्वपूर्ण हुने र राष्ट्रिय निकासका लागि प्रतिपक्षलाई समेत सहमतिमा ल्याउने उद्देश्यले प्रचण्डले बालकोटमा ओलीसँग मोर्चासँग भएको सहमतिबारे छलफल गर्ने छन् ।

कमेन्ट गर्नुहोस्