दुई चरणमा चुनाव गर्ने प्रस्तावमा ओली सहमत, संशोधनका बारेमा प्रस्ताव हेरेर निर्णय गर्ने

काठमाडौं, वैशाख १० । सरकार र मधेसी मोर्चाबीच संविधान संशोधन तथा स्थानीय तहको चुनावलाई प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सकारात्मक बताएका छन् ।

ओलीलाई भेट्न बालकोट पुगेका प्रधानमन्त्री प्रचण्डसँग दुई चरणमा चुनाव गर्ने प्रस्ताव आफूहरुलाई मान्य भएको बताएका थिए ।

याे पनि पढ्नुस  प्रचण्ड र ओलीबीच भेटवार्ता सम्पन्न, यस्तो भयो सहमति !

प्रधानमन्त्री सचिवालयलार्य दिएको जानकारी अनुसार अध्यक्ष ओलीले वैशाख ३१ मा पहिलो चरणको र त्यसपछि दोस्रो चरणको निर्वाचन गर्ने विषयमा कुनै आपत्ति नहुने बताएका छन् ।

शनिबार साँझ मोर्चासँग सरकारले गरेको सहमतिअनुसार संशोधन प्रस्तावका बारेमा भने प्रस्ताव हेरेर धारणा बनाउने ओलीले बताएका थिए ।

याे पनि पढ्नुस  सतिले सरापेको देश हो प्रचण्डजी, यहाँ राम्रो गर्न खोज्ने बदनाम हुन्छन्

‘तपाईंहरुले बनाएको प्रस्ताव पुरै स्वीकार गर्ने, आलोचनात्मक समर्थन गरेर पारित गर्ने अथवा विरोध गर्ने कुरा प्रस्ताव अध्ययन गरेपछि हामीले धारणा बनाउँछौं ।’ प्रधानमन्त्री प्रचण्डसँग केपी ओलीले भने ।

विपक्षी दललाई समेत सहमतिमा ल्याएर स्थानीय निर्वाचन र संविधान संशोधन गरी देशलाई निकासतर्फ लैजाने मनसायले प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद बैठक रोकेर ओली निवास बालकोट पुगेका थिए ।

याे पनि पढ्नुस  महान् वैज्ञानिक हकिङ्गको निधनमा प्रचण्डद्वारा दुःख व्यक्त

ओलीसँगको भेट सकारात्मक रहेको र छिट्टै नै गतिरोध अन्त्य भई सहजतालाई निर्वाचन सम्पन्न हुने विश्वास भेटपछि प्रचण्डले व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्