वैशाख ३१ र जेठ ३१ मा स्थानीय निर्वाचन गर्ने सरकारको निर्णय

दुई चरणमा निर्वाचन गर्ने निर्णयविरुद्ध एमालेको आपत्ति

काठमाडौं, वैशाख १० । सरकारले स्थानीय तह निर्वाचन दुई चरणमा गर्ने भएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय चुनाव पहिलो चरणमा यही वैशाख ३१ गते र दोस्रो चरणको निर्वाचन जेठ ३१ गते हुने भएको छ ।

सरकार र मधेसी मोर्चाबीच शनिबार भएको सहमतिअनुसार सरकार दुई चरणमा निर्वाचन गर्ने निर्णयमा पुगेको हो ।

प्रदेश नम्बर ३, ४ र ६ मा तोकिएकै मिति वैशाख ३१ मा निर्वाचन हुनेछ भने प्रदेश नम्बर १, २, ४ र ७ मा जेठ ३१ गते निर्वाचन गरिने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले दिएका छन् ।

याे पनि पढ्नुस  दुई दर्जन बढी एमाले छोडी माओवादी केन्द्रमा प्रवेश

आन्दोलनरत मधेस केन्द्रित दलहरुसँग हिजो बसेको वैठकमा भएको सहमतिपछि मधेशी दलहरु
पनि निर्वाचनमा सहभागी हुने भएकोले निर्वाचन दुई चरणमा गर्नुपरेको कार्कीले बताए ।

दुई चरणमा निर्वाचन हुने भएपछि निर्वाचनका लागि मनोनयन दर्ताको मिति पनि केही दिन थप गर्न सरकारले आयोगलाई अनुरोध गर्ने भएको छ ।

याे पनि पढ्नुस  एकता प्रक्रियामा माओवादीले राखेका तीन अडान

मोर्चासँगको सहमतिअनुसार संविधान संशोधन प्रस्ताव परिमार्जनसहित संसद लैजाने भनिए पनि विधेयकमा संशोधन दर्ताका लागि संसद सचिवालयले ७२ घण्टाको समयअवधि दिने भएकाले त्यसभित्र थप संशोधन दर्ता गराउने भएको हो ।

उता नेकपा एमालेले भने सरकारले दुई चरणमा चुनाव गर्ने निर्णयप्रति आपत्ति जनाएको छ । संविधान सभा भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले दुई चरणमा चुनाव गर्ने भए दोश्रो चरणको चुनाव जेठ १५ गते अघि नै गर्नु पर्ने निष्कर्ष निकालेको छ ।
संविधान अनुसार जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने भएकाले बजेट अघि र बजेट पछि दुई चुनाव हुन नसक्ने र निर्वाचन आचार संहिताले पनि त्यस्तो गर्न नदिने एमालेको निष्कर्ष छ ।

याे पनि पढ्नुस  गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ –प्रधानमन्त्री

कमेन्ट गर्नुहोस्