पाल्पामा ट्रिपर दुर्घटनामा, चार जनाको घटनास्थलमै मृत्यु

पाल्पा, वेशाख १० । पाल्पामा आइतबार ट्रिपर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

सुनवलबाट ढुंगा लिनका लागि छुटेको लु १ ख ९०३१ नम्बरको ट्रिपर तिनाउ गाउँपालिका–३ भलाएवासमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि चालक तिनाउ ६ का २७ वर्षिय पुरन सारु, उनकी २४ वर्षीया श्रीमती २४ बर्षिया बाल कुमारी, छोरा ५ वर्षिय हेमेस र सहचालक २२ वर्षिय विमल कनौजेको घटनास्थलमै मृत्यु भएको दोभान प्रहरी चौकीका प्रमुख राजाराम कुर्मीले जानकारी दिएका छन् ।

दुर्घटनास्थल निकै अप्ठयारो भिर भएका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: