किस्तामा चुनाब निर्णय चुनाब टार्ने षड्यन्त्र : युवा संघ

पोखरा, बैशाख १० । दुई चरणमा चुनाव गराउने सरकारको निर्णय चुनाव टार्ने षडयन्त्र भएको युवा संघ नेपालका केन्द्रिय अध्यक्ष राजिब पहरीले बताएका छन् ।

नेकपा एमालेको पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५ को कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष पहरीले मधेसी मोर्चासँगको छलफलमा हिजो भनिएको चुनाव दुई चरणमा गरिने भन्ने कुरा आफूहरुलाई कुनै पनि हालतमा मान्य नहुने भन्दै त्यसको कडा प्रतिबाद बताएका छन् ।

अध्यक्ष पहरी नेपाललाई सिक्किमिकरण गर्न खोजिएको आरोप लगाउँदै नेकपा एमालेको लोकप्रियता देखेर केही देशी बिदेशी शक्तिहरु चुनाब विथोल्न लागिपरेको आरोप लगाएका छन् ।

कमेन्ट गर्नुहोस्