मोर्चाले गर्यो आन्दोलनका कार्यक्रमहरु स्थगित

काठमाडौं, वैशाख १० । संघीय गठवन्धनले आह्वान गरेका आन्दोलनका कार्यक्रमहरु हाललाई स्थगित गरेको छ । आफू मागहरुप्रति सरकार लचक भएकाले संविधान संशोधन विधेयक पारित नभएसम्म आन्दोलनका कार्यक्रम स्थगित गरिएको संघीय समाजवादी फोरमले जनाएको छ ।

हिजो सत्तारुढ दल र मधेश केन्द्रीत दलबीच हिजो साँझ भएको सहमतिलाई सकारात्मक रुप दिँदै आज संघीय गठवन्धनले तीनकुने स्थित संघीय समाजवादी फोरमको कार्यालयमा वैठक बसी आन्दोलन स्थगित गर्ने निर्णय गरेको हो ।

विधेयक पारित हुँदासम्मका लागि आन्दोलनका कार्यक्रम स्थगित गरिएको संघीय समाजवादी फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

संविधान संशोधन गरेर आफूहरुका माग सम्वोधन गर्न सरकार उदासीन भए आन्दोलनका थप कार्यक्रम अघि बढाउने उनले बताए ।

हिजो साँझ सत्ता साझेदार कंग्रेस, माओवादी केन्द्र, राप्रपा र राष्ट्रिय जनाता पार्टीका नेताबीच संविधान संशोधन गरेर मधेश केन्द्रीत दललाई पनि स्थानीय निर्वाचनमा सहभागी हुने वातावरण बनाउने सहमति भएपछि गठवन्धनले आज बैठक बसी आफ्नो धारणा सार्वजनिक गरेको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: