नवजात शिशु तीन दिनसम्म जमिनमुनि जिवितै

नवजात शिशुलाई जमिनमुनि गाडेको तीनदिनपछि निकाल्दा पनि जिवितै रहेको छ ।

दक्षिण अफ्रिकाको क्वाजुल नेटल प्रान्तमा रहेको पडडक सहरकी एक २४ वर्षीया महिलाले आफ्नो आमाबाबुको डरले उक्त बच्चालाई जन्म दिई आफूले काम गर्ने काठ कारखानाकै जमिनमा माटो र काठका टुक्राहरुले आफ्नो शिशुलाई पुरेकी थिइन् ।

गत विहीबार तीन दिनपछि त्यही काम गर्नेहरुले बच्चा रोएको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उक्त क्षेत्रमा अनुसन्धान तथा खोजतलास गर्दा जिवितै नवजात शिशुलाई माटोमुनिबाट निकालेको ‘डेलीमेल’ले जनाएको छ ।

ती महिलालाई प्रहरीले पक्राउ गरेको छ । महिलाले पनि उक्त नवजात शिशु आफ्नो रहेको स्वीकार गरेकी छिन् । न्युन आयस्तर भएकी ति महिलाले यसअघि नै एक सन्तान भएको र फेरि यो बच्चा पनि हुँदा आमाबाबुको डरले उक्त नवजात शिशुलाई गाडेको प्रहरीसमक्ष बयानमा स्वीकार गरेकी छिन् ।

शिशुलाई अहिले सेपस्टोन क्षेत्रीय अस्पतालमा इन्टेसिभ केयरमा युनिट (आइसीयु)मा राखिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुख (कप्तान) गेराल्ड फेकाले दिएको जानकारी अनुसार ती महिलाले पुनः त्यसतै हर्क गर्न सक्ने भन्दै अस्पतालले बच्चालाई प्रहरीको जिम्मा लगाउन चाहेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्