जिप दुर्घटनामा दुईको मृत्यु, नौ घाइते

बाजुरा, वैशाख १० । मार्तडीबाट गौमुल गाउँपालिकाको घटमुना जाँदै गरेको से १ ज ६३९ नं को जिप आज अपरान्ह दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेहरुमा गौमुल गाउँपालिका–६ का लाली रोकाया र वडा नं ४ मानोकोटका १६ वर्षीय रकेट रोकाया रहेको प्रहरीले बताएको छ । घाइतेहरुको मार्तडीमा उपचार भइरहेको छ ।

मार्तडीबाट यात्रु लिएर घटमुना जाँदै गर्दा उक्त जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

तीव्र गतिका कारण अनियन्त्रित भई जिप दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको भएपनि खास कारण भने खुल्न सकेको छैन ।

कमेन्ट गर्नुहोस्