रेखा थापालाई पार्टी फापेन

पुष्पा महरा /

वैशाख १० । नेपाली चलचित्र उद्योगमा एकछत्र राज गरेकी नायिका रेखा थापा जब पार्टी प्रवेश गरिन तवदेखि नै उनलाई नेपाली राजनीति नफापेको टिका टिप्पणी गर्न थालिएको छ ।

दर्शकको न्यानो माया पारेर निकै नै चर्चामा रहेकी रेखाले माओवादीमा प्रवेश गरेपछि संविधान सभा निर्वाचनमा उम्मेदवार बनाउने चर्चा चल्यो तर मतदाता नामावलीमा नाम नभएका कारण उनलाई उम्मेदवार बनाइएन । त्यसपछि विक्षिप्त बनेकी रेखाले त्यस्तै ठाउँ पाइन्छ कि भनेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा प्रवेश गरिन् ।

याे पनि पढ्नुस  झाँक्री कति जुझारु, शिक्षकको हात खुट्टा भाचिदिने रे !

राप्रपाको तर्फबाट काठमाडौं महानगरपालिकाको उपमेयरमा घोषणा गर्ने निकै चर्चामा चलेको थियो । उनी खसी पनि थिइन् । तर राप्रपालाई पनि आफ्नो स्थान ओगट्नु छ आन्ततः राप्रपाले पनि अभिनेत्री रेखासँग फिलिम खेले जस्तै ग¥यो । अभिनेत्री रेखालाई उपमेयरका लागि राप्रपाले सो नाम सिफारिस नै गरेन ।

दुई पार्टीबीच एकता हुनुभन्दा केही समयअघि मात्रै राप्रपामा प्रवेश गरेकी अभिनेतृ थापा तथा राप्रपाकी केन्द्रिय सदस्य रेखा थापा पार्टीको स्थानीय समितिको सिफारिसमा समेत पर्न सकिनन् ।

याे पनि पढ्नुस  राप्रपाका झण्डै ४ दर्जन नेता/कार्यकर्ता पक्राउ

राष्ट्रिय प्रजातन्त्र पार्टीको काठमाडौं महानगर कार्यसमितिले महानगरको मेयरमा राजाराम श्रेष्ठलाई उम्मेदवारीका लागि निर्विरोध सिफारिस गरेको छ ।

उपमेयरमा सोनाम शाक्य, रेश्मा शाह, गंगा विक, सुधा जोशी र कुन्ती देवी पोखरेललाई सिफारिस गरिएको छ ।

यसपटक पनि स्थानीय तह निर्वाचनमा काठमाडौंको वडा नम्बर ७ को मतदाता नामावलीमा उनको नाम रहेको छ । राप्रपाले स्थानीय तहको निर्वाचनमा वैचारिक तथा सैद्धान्तिक रुपमा नजिक रहेका दलसँग चुनावी तालमेल गर्ने भएको छ ।

याे पनि पढ्नुस  दुई राप्रपाबीच अाज एकता हुने, चुनाव चिन्ह हलाेमा सहमति

पार्टीले आफू हार्ने स्थानमा अन्य दललाई सहयोग गर्ने तथा जित्ने सम्भावना भएका स्थानमा अन्य दलको सहयोग लिने गरी तालमेलको योजनामा छ । त्यसैले पनि अभिनेतृ रेखालाई पार्टी नफापेको टिप्पणी गर्दैछन् जानकारहरु ।

कमेन्ट गर्नुहोस्