कांग्रेस नेतामाथि आक्रमण

इलाम, बैशाख १० । नेपाली कांगेस इलाम क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति नुतनदेव दुलालमाथि आक्रमण भएको छ ।

पार्टीको बैठकका लागि इलाम सदरमुकामतर्फ आउने क्रममा दुलालमाथि आइतबार
इलाम बजारमा आक्रमण भएको इलाम कांग्रेसले जनाएको छ । घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको इलाम कांग्रेसले जनाएको छ ।

उक्त घटनाप्रति दुख व्यक्त गर्दै घटनाको सत्यतथ्य पत्ता लगाउन महाधिबेशन प्रतिनिधि डम्बर खड्काको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति समेत गठन गरेको छ ।

कमेन्ट गर्नुहोस्