परिक्षा नियन्त्रकको यस्तो लापर्वाही, विद्यार्थीलाई कक्षा १२ को प्रश्नपत्रै पुगेन

काठमाडौं, वैशाख १० । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालयको लापरबाहीका कारण कक्षा १२ को प्रश्नपत्र अभाव भएको छ । आइतबारदेखि सुरु भएको कक्षा १२ को परिक्षाका लागि विद्यार्थीको हातमा प्रश्नपत्र नै पुगेन ।

मुलुकभरका नौ सय ९० परिक्षा केन्द्रबाट ३ लाख ५३ हजार १२ परिक्षार्थीले परीक्षा दिइरहेका बोर्डले जनाएको छ ।

परीक्षा दिने विद्यार्थीको एकिन तथ्याङ्क बिनै केन्द्रमा प्रश्नपत्र पठाइसकेपछि मात्रै अपुग भएको थाहा पाएको हो ।

आशिंक (एक्ज्याम्टेड) र प्राविधिक धारको प्रश्नपत्र अपुग भएको बोर्डका सदस्य सचिव डिल्लीप्रसाद रिमालले बताए ।

काठमाडौं, भक्तपुर र ललितपुर बाहेक अन्य जिल्लामा १० प्रतिशत प्रश्नपत्र अपुग भएको छ ।

आशिंक र प्राविधिक धारको प्रश्नपत्र अभाव भएपछि बोर्डले आइतबार मात्रै ३० भन्दा बढी कर्मचारीलाई प्रश्न लिएर जिल्लामा खटाएको हो । एउटा प्रश्नपत्रको पोका लिएर तीन जना खटिएका छन् । एउटा टोलीलाई पठाउदा कम्तीमा ७० हजार खर्च हुन्छ ।

यसअघि पनि त्यही ठाउँमा प्रश्न लिएर अर्को टोली पठाएको थियो । परीक्षा नियन्त्रक र अन्य कर्मचारीको लापरबाहीले एउटै काममा दोहोरो खर्च हुने भएको छ ।

बोर्डको क्षेत्रीय कार्यालयहरुले केन्द्राध्यक्ष गोष्ठीमा कुन केन्द्रमा कति विद्यार्थीले परीक्षा दिंदै छन रु कति प्रश्नपत्र पठाएको छ रु भन्ने आँकलन गर्दा प्रश्नपत्र अपूग भएको खुलेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: