निर्वाचन सम्बन्धि सरकारको निर्णयले एमाले सशंकित

काठमाडौं, बैसाख ११ ।  बजेटमार्फत मतदाता प्रभावित गर्न सरकारले निर्वाचन दुई चरणमा गर्ने निर्णय लिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले असन्तुष्टि जनाएको छ ।

विधानअनुसार जेठ १५ मा बजेट ल्याउनुपर्छ । सरकारले गरेको निर्णयअनुसार दोस्रो चरणको निर्वाचन जेठ ३१ मा हुनेछ ।

यसबीचमा बजेट पनि आउने भएपछि एमाले संशकित भएको हो । बैशाख ३१ र जेठ ३१ गते चुनाव गराउने तयारीसँगै बजेटमा अन्योल र शंका पनि देखिएको छ ।

‘चुनावमा दौरान बजेट ल्याउँदा आचारसंहिता उल्लंघन हुन्छ ।’ एमालेको संसदीय दलको बैठकमा अध्यक्ष केपी आलीले भने, ‘त्यसैले बजेट अघि चुनाव हुनुपर्छ । जेठ १५ अघि चुनाव हुनुपर्छ । बजेटभन्दा अघि चुनाव गरे केही छैन ।’

अध्यक्ष ओलीले अहिले भएको सहमति चुनाव नगर्ने षड्यन्त्र हुनसक्ने बताउँदै त्यसतर्फ सजग रहन निर्देशन दिए ।

यो खबर आजको नागरिकमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: