यसकारण पक्राउ परे विप्लवका ३० कार्यकर्ता

स्याङजा, बैसाख ११ ।  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी प्रदेश भेलामा सहभागी भएर जिल्ला फर्कदै गरेका ३० कार्यकर्ता पुतलीबजार १० राङखोलाबाट पक्राउ परेका छन् ।

राङखोलामा शनिबार केही सवारीसाधन र पसलमा तोडफोड भएको घटनाको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  बृद्ध नेतालाई भत्ता दिने विप्लवको घोषणा

तोडफोडमा स्थानीयसँग झडप हुनुका साथै करिब १ घण्टा सिद्यार्थ राजमार्गमा आवागमान पनि बन्द भएको थियो ।

घटनापछि उनीहरुको चढेको बसमा चेकजाँचको क्रममा पाइप, दाउरा, पेय पदार्थका फुटेका बोतल र ढुंगा फेला परेपछि सबैलाई नियन्त्रण्मा लिएको प्रहरीको भनाई छ ।

यो खबर आजको कान्तिपुरमा छ ।

याे पनि पढ्नुस  विप्लव माओवादी समर्थित विद्यार्थीले जलाए क्याम्पस प्रमुखको कुर्सी

कमेन्ट गर्नुहोस्