मेयरका आकांक्षीलाई वडाको टिकट

भैरहवा, वैशाख ११ ।  एमालेले सिद्धार्थनगर नगरपालिकाको मेयरका आकांक्षीलाई वडाको टिकट दिने निर्णय गरेको छ । मेयरको दाबी गर्दै पार्टीभित्र, सामाजिक सञ्जाल फेसबुक र मिडियामा प्रचार गर्दै आएका हितराज पन्थी र राजेन्द्र पन्थीलाई पार्टीले वडा अध्यक्षको टिकट दिन सिफरिस गरेको हो ।

पार्टीको वडा समितिले हितराजलाई वडा नं. ७ र राजेन्द्रलाई वडा नं. ८ को अध्यक्षको टिकट सिफारिस गरेको छ । हितराज सर्वसम्मत भएका छन् भने राजेन्द्रको नाम सर्वसम्मत हुन सकेन ।

उनीसँगै जीवलाल अर्यालको नाम पनि सिफारिस भएको नगर सचिव थानेश्वर पौडेलले जानकारी दिए । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: