आयोगका पदाधिकारी र मधेस केन्द्रित दलसँग संयुक्त रुपमा छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं, बैसाख ११ । स्थानिय तहको निर्वाचन दुइ तहमा गर्ने सरकारको निर्णयपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारी र मधेस केन्द्रित दलसँग संयुक्त रुपमा छलफल गर्दैछन् ।

बालुवाटारमा केहीबेरअघि संयुक्त रुपमा बैठक सुरु भएको छ । आजको बैठकमा दुइ तहको निर्वाचनको तयारीबारे र मधेसी मोर्चामा आवद्ध ६ दल एक भएर बनेको राजपाको स्थानीय चुनावमा जान नयाँ नाम र नयाँ चिन्ह मागबारे छलफल हुने बताइएको छ ।

याे पनि पढ्नुस  निर्वाचनमा जान मधेसी मोर्चा तयार, सहमतिमै राजनीतिक निकास खोज्ने निर्णय

यसअघि आयोगले  नयाँ चुनाव चिन्ह दिन नमिल्ने तर एकीकरण भएका दलमध्ये कुनै एकको पूरानो चिन्ह लिएर निर्वाचनमा जान सक्ने बताएको थियो ।

 

कमेन्ट गर्नुहोस्