जोखिम र गतिशीलताको अर्को नाम प्रचण्ड

रमेश ढकाल
शनिबार नेपालको राजनीतिक ग्राफ निकै उचालियो । कारण थियो– मधेसी मोर्चासँग सरकारले गरेको सहमति । यो सहमति त्यत्तिकै सम्भव भएको थिएन । यसका लागि लामो समयदेखिको कसरत गरिएको थियो । र, यसका लागि मुख्य भूमिका खेलेका थिए माओवादी अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले ।
बिहानपख प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चासँग छलफल गरे । यो निर्णायक छलफल थियो । मधेसी मोर्चाको कुरा सुने । त्यसपछि उनले सत्ता साझेदार दलहरुसँग छलफल गरे ।

त्यो छलफल लगत्तै मधेसी मोर्चासँग ४ घण्टा लामो छलफल भयो । आन्दोलनमा उत्रिएको मधेसी मोर्चा सहमतिमा आयो । आन्दोलनका कार्यक्रम फिर्ता भए । नयाँ कुरा खासै थिएन । उनीहरुले सुरक्षित राजनीतिक अवतरण खोजेका थिए । मधेसी मोर्चाका नेताहरुको मनोविज्ञान बुझेका प्रचण्डका लागि उनीहरुलाई सहमतिमा ल्याउन सकिन्छ भन्ने विश्वास थियो । र, त्यो भयो पनि ।

मधेसी मोर्चाका बारेमा जे बाहिर देखिन्छ, त्यो सत्य छैन भन्ने कुरा कतिपय तथ्यहरुले नै पुष्टि गरेका छन् । खासगरी संविधान जारी गर्दा मोर्चाका नेताहरुले संविधानलाई आलोचनात्मकरुपमा समर्थन गरेर पारित गर्न सकिने भएपनि तराईको मनोविज्ञान अनुसार त्यसो गरिएमा राजनीतिक धरातल गुम्ने खतरा रहेको बताएको प्रचण्डले एउटा अन्तर्वार्तामा भनेका थिए । यसको अर्थ हामी बिरोध गर्छौं तर तपाईहरु अघि बढ्नुस भन्ने आशय मोर्चा नेताहरुको थियो । मोर्चा नेताहरुको यही आशय पहिलो संशोधन र त्यसपछिका अन्य संशोधनका अवस्थामा पनि थियो । आफूले पहिला माग उठाइसकेको र त्यसलाई चटक्क छोडेर जान नसकिने अवस्थामा आन्दोलनको कुरा या बिरोधको कुरा राजनीतिक एजेण्डालाई सुरक्षितरुपमा अवतरण गर्ने रणनीति थियो भन्ने पुष्टि भएको छ ।
मधेसी मोर्चा घटकहरुको यो मनोविज्ञान बुझेका प्रचण्डले जोखिम नै मोलेर चुनावको मिति घोषणा गरे । उनलाई स्पष्ट थाहा थियो बिरोध हुन्छ भन्ने कुरा । संविधान संशोधनको विधेयक दर्ता गरे । एमालेको चर्को बिरोधका बावजूद दर्ता भएको यो प्रस्तावमा एमालेले आन्दोलन नै गर्छ भन्ने कुरा प्रचण्डलाई थाहा नभएको होइन । तर गतिशीलता भएमात्रै चीजले विकास गर्छ भन्ने मान्यता बोकेका प्रचण्डले बिरोध हुन्छ भन्ने आँकलन गरेरै यो प्रस्ताव दर्ता गराए । एमालेले चर्को बिरोध गर्यो । ५ नं. प्रदेशका बारेमा ठूलो विवाद भयो । मधेसी मोर्चाले समेत त्यो मानेन ।

घटनाको विकास गर्न, चीजहरुलाई अग्रगमनतर्फ रुपान्तरण गर्न सचेततापूवर्क धक्का दिनैपर्छ । यो धक्का दिनु जोखिमजन्य काम हो । ठूलो जोखिम । आफै चिप्लिने डर, आफै समाप्त हुने डर । तर यो जोखिम नलिइकन गति उत्पन्न हुन्न । गति उत्पन्न हुन घर्षण चाहिन्छ । प्रचण्डले यही गतिको नियम पक्रिंदै आए ।

त्यसपछि दोश्रो प्रस्ताव तयार गरियो । यो प्रस्ताव धेरै हदसम्म मोर्चासँग सहमतिमा ल्याइएको थियो । तर मोर्चाका लागि निर्वाचनमा जाने एजेण्डा चाहिएको थियो । उनीहरुले भित्र नरम तर बाहिर कडाको रणनीति अपनाएर यसको समेत बिरोध गरे । तर चुनावमा नगई नहुने अवस्था सिर्जना भइसकेपछि यसको लामो समयसम्म बिरोध गर्न सम्भव थिएन । प्रचण्डले यही बीचमा उनीहरुसँग सहमति गर्न सफल भए ।

प्रचण्डले व्यक्तिगत जीवनमा के पाए पाएनन् भन्ने कुराले त्यति अर्थ राख्दैन । तर राजनीतिक जीवनमा भने उनको गतिशीलताको तुलना अन्य नेताहरुसँग गर्न सकिँदैन । विचारको हकमा उनी धेरै हदसम्म उदार अवस्थामा पुगेपनि नेपाली समाजको गतिशीलताका लागि उनको भूमिका महत्वपूर्ण रहेको छ ।

यथास्थिति र जडतामा चीजको विकास हुँदैन । घटनाको विकास गर्न, चीजहरुलाई अग्रगमनतर्फ रुपान्तरण गर्न सचेततापूवर्क धक्का दिनैपर्छ । यो धक्का दिनु जोखिमजन्य काम हो । ठूलो जोखिम । आफै चिप्लिने डर, आफै समाप्त हुने डर । तर यो जोखिम नलिइकन गति उत्पन्न हुन्न । गति उत्पन्न हुन घर्षण चाहिन्छ । प्रचण्डले यही गतिको नियम पक्रिंदै आए ।

युवा वयमा नै प्रचण्डले जनयुद्धको घोषणा गरे । त्यसको लक्ष भलै फरक थियो । तर त्यसले नेपाली जड समाजमा एउटा गति दियो । समाजका तह तहमा घर्षण पैदा गर्यो । ताप र राप पैदा गर्यो । यसबाट जनवादी राज्यसत्ता आउन सकेन । तर यो गतिले नेपाललाई नै एक चरण अगाडि धक्का दिएर उछाल्यो । राजतन्त्र सिद्दियो । युगौंदेखि समाजको एउटा कुनामा परेकाहरुले आफ्नो आवाज र अधिकारको कुरा गर्न सके । केही कुरा स्थापित भए, केही संविधानमा समेटिए । केही अझै बाँकी छन् । यो काम त्यति चानचुने काम थिएन । यो ठूलो जोखिमको कुरा थियो । प्रचण्डले यो जोखिम मोले ।

सम्भवतः नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा यति धेरै सक्रिय प्रधानमन्त्री कोही पनि छैनन् होला । प्रचण्डले एकदिन आराम भनेनन । ५, ६ घण्टा सुत्नुबाहेक उनको सम्पूर्ण समय राजनीतिक निकास, सहमति र समृद्धिका लागि नै खर्च भयो । यो कुरा तथ्यहरुले पुष्टि गर्छ ।

संविधान निर्माण गर्ने बेला समेत त्यति सजिलो थिएन । पुरानो जडता र नयाँ गतिशीलताबीच ठूलो लडाईं थियो । ३३ दल आन्दोलनमा थिए । नेपाली कांग्रेस र एमाले जडताभन्दा अघि बढ्न खोजेका थिएनन् । तर यहाँनेर पनि प्रचण्डले १६ बुँदे सम्झौत ागर्न सफल भए । यो एक चरणको धक्का थियो । संविधान बन्यो ।
कार्यान्वयनमा फेरी एमालेले जडता थप्यो । निषेधको राजनीति थियो एमालेको । उसले परिवर्तनलाई धक्का दिन चाहेको थिएन । तर प्रचण्डले एमालेसँग सम्झौता भंग गरे । नयाँ सरकार बनाए । यो त्यति सहज थिएन । जोखिम मोलेका थिए उनले । आफू सिद्दिन पनि सक्ने जोखिम । आफ्नो राजनीति नै समाप्त हुने जोखिम । तर जोखिम मोल्न उनी सिपालु छन् र गतिशीलता उनको अर्को नाम नै हो ।

सरकार बनेको दिनदेखि उनले निरन्तर संविधान कार्यान्वयन र जनजीविकासँग जोडिएका मुद्दाहरुमा सक्रियता देखाए । सम्भवतः नेपालको राजनीतिक इतिहासमा यति छोटो समयमा यति धेरै सक्रिय प्रधानमन्त्री कोही पनि छैनन् होला । प्रचण्डले एकदिन आराम भनेनन । ५, ६ घण्टा सुत्नुबाहेक उनको सम्पूर्ण समय राजनीतिक निकास, सहमति र समृद्धिका लागि नै खर्च भयो । यो कुरा तथ्यहरुले पुष्टि गर्छ ।

अन्ततः देश चुनावमा पुगेको छ । संविधान संशोधन हुने अवस्थामा पुगेको छ । अझै खतरा र जोखिम टरेको छैन । तर पनि प्रचण्डले देशलाई निकासको अन्तिम मुखमा पुर्याएका छन् ।

प्रचण्डको स्थानमा अरु कोही भएको भए यो सम्भव थिएन । आफ्नो समूहगत, गुटगत या विचारगत स्वार्थ मात्रै हेर्ने प्रवृत्ति छ हाम्रो । त्यस्तो अवस्थामा सबैलाई मिलाएर, बिरोधीहरुलाई समेत विश्वासमा ल्याउन सक्ने क्षमता अहिलेका नेताहरुमा प्रचण्डमा मात्र छ भन्ने कुरा प्रमाणित भएको छ । हिजोका दिनमा गिरिजाप्रसाद कोइराला र पछि सुशिल कोइरालामा त्यो क्षमता थियो । अहिले निर्विवादरुपमा प्रचण्ड राजनीतिको मियो बनेका छन् । उनी त्यसै प्रचण्ड बनेका होइनन् ।

आवरण तस्वीरः संसारको सबैभन्दा ठूलो ग्रेटवाल पर्खाल अगाडि तस्वीर लिँदै प्रचण्ड

कमेन्ट गर्नुहोस्

%d bloggers like this: