आईजिपीको बैठकमा उपस्थित नभएको र कागजात किर्ते गरेको आरोपमा डिआईजी सिलवाललार्इ नियन्त्रणमा

काठमाडौं, वैशाख ११ । प्रहरी नायब महानिरीक्षक डीआईजी नवराज सिलवाललाई बिहीबार नेपाल प्रहरीले केही सोधपुछ गर्नका लागि प्रहरी प्रधान कार्यालयमा उपस्थित गराएको छ ।

प्रहरी महानिरीक्षक सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दामा कार्यसम्पादन मूल्याङ्कन कीर्ते गरेको र प्रहरी महानिरीक्षकले बोलाएको बैठक बहिष्कार गरेको सम्बन्धमा सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले प्रहरी स्रोतले जनाएको छ ।

प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले भने–“हामीले उनलाई सोधपुछका लागि बोलाएका थियौँ तर उनले मेरो वकिल पनि साथै लिएर मात्र आउँछु भनेपछि हामीले उनीहरु दुवैजनालाई लिएर आएका हौँ ।”

सिलवाललाई प्रहरी प्रधान कार्यालय अन्तर्गत अपराध अनुसन्धान विभागमा छानबिन समितिले सोधपुछ गरिरहेको जानकारी प्रवक्ता खनालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्