हावाहुरीका कारण एक वृद्धाको मृत्यु

बैतडी, वैशाख ११ । वर्षासँगै चलेको हावाहुरीका कारण अछाममा एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–३ की ५५ वर्षीया नरपता साउँद रहेकी प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिए ।

आइतबार बेलुकी घर नजिकै रहेको खेतबाट फर्किरहेका बेला वर्षासँगै हावाहुरी चलेपछि ओत लाग्न नरपता रुखको फेदीमा गएपछि रुखको हाँगा भाँचिएर टाउकोमा लागी गम्भीर घाइते भएकी थिइन ।

गम्भीर घाइते नरपताको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।

शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्