आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु

बाँके, वैशाख ११ । बाँके जिल्लाको डुडवा गाउँपालिकास्थित कुडवामा आइतबार राति १२ बजे सुरु भएको आगलागीमा मुन्सीराम मुराउका परिवारका तीन बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए छ ।

थापाका अनुसार मुन्सीरामका १० वर्षे छोरी सोनी, ८ वर्षीया राधा मुराउ र ६ वर्षीय पवन मुराउको जलेर घटनास्थलमै मृत्यु भएको हो । आगलागीमा स्थानीयका ६ वटा घर र दुइटा गोठ जलेर खरानी भएका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: