हर्न बजाउन निषेध गरेपछि काठमाडौँ क्षेत्र शान्तमय बनेको छ

सर्वसाधारणका यस्ता स्वभावले ट्राफिक प्रहरी हैरान

काठमाडौं, वैशाख ११ । नेपाल सरकारले वैशाख १ गतेदेखि नै काठमाडौंँ क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो ।

हर्न निषेधित क्षेत्र भएको एक हप्ता भएको छ । यसरी जथाभावी हर्न बजाउन निषेध गरिसकेपछि अहिले काठमाडौं उपत्यकामा धेरै शान्त भएको छैन कि दैनिकजसो हुने सवारी दुर्घटनाको संख्यामा पनि धेरै कमी भएको छ ।

तर, सरकारले सडकमा सर्वसाधारणहरु आफूखुशी गरी हिँड्ने कार्यलाई भने निरुत्साहित गर्न सकेको छैन ।

जेब्रा क्रसिङको प्रयोग नगरी जथाभावी बाटो काट्ने र आकाशे पुलको प्रयोग नगर्ने स्वभाव देखेर ट्राफिक प्रहरी पनि हैरान भएको देखिन्छ ।

कमेन्ट गर्नुहोस्